
याडियाद्वारा “चैत्र मेगा एक्सचेन्ज कार्निभल” विशेष अफरसहित घोषणा



काठमाडौं। Kuzu Nepal Pvt. Ltd., नेपालमा Yadea को आधिकारिक वितरकले “चैत्र मेगा एक्सचेन्ज कार्निभल’ घोषणा गरेको छ, जुन चैत ४ देखि चैत्र ११ गतेसम्म सञ्चालन हुनेछ। यो सीमित अवधिको अभियानले आकर्षक अफरहरू मार्फत नेपालमा स्मार्ट इलेक्ट्रिक मोबिलिटीतर्फको रूपान्तरणलाई तीव्र बनाउने उद्देश्य राखेको छ ।
यस अभियान अन्तर्गत ग्राहकहरूले Yadea Owin र Yadea E8S Pro मोडेलहरूमा NPR १५,००० सम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् । साथै, EMI सुविधा NPR ३९९९ प्रति महिनादेखि सुरु हुने भएकाले ग्राहकहरूलाई स्मार्ट इलेक्ट्रिक सवारीतर्फ सहज रूपमा परिवर्तन गर्न थप सहयोग पुग्नेछ।
उक्त एक्सचेन्ज कार्निभल नेपालभर रहेका सबै वाडिया शोरुमहरूमा सञ्चालन भइरहेको छ र ग्राहकहरूलाई आफ्नो नजिकको शोरुममा गई थी विशेष अफरहरूको लाभ लिन अनुरोध गरिएको छ । याडियाले विश्व बजारमा लगातार ९ वर्षसम्म बिक्रीको आधारमा नम्बर १ स्थान कायम राख्दै आएको छ । साथै, नेपालमा पनि वाडियाले इलेक्ट्रिक सवारी क्षेत्रमा अग्रणी तथा उच्च प्रदर्शन गर्ने ब्रान्डको रूपमा आफ्नो स्थान स्थापित गरेको छ ।
कुजु नेपालका प्रतिनिधिहरूका अनुसार यो अभियानले इलेक्ट्रिक सवारीलाई अझ किफायती सहज र आकर्षक बनाउँदै ग्राहकहरूलाई वातावरणमैत्री यातायाततर्फ आकर्षित गर्ने लक्ष्य राखेको छ । इन्धनको मूल्य वृद्धि र वातावरणीय सचेतना बढ्दै गएको अवस्थामा चैत्र मेगा एक्सचेन्ज कार्निभल’ ले स्मार्ट, किफायती र आधुनिक सवारी खोजिरहेका ग्राहकहरूलाई विशेष आकर्षण प्रदान गर्ने अपेक्षा गरिएको छ । यो अफर सीमित अवधिका लागि मात्र मान्य हुनेछ। नियम तथा सर्तहरू लागू हुनेछन् ।

