
सन नेपाल लाइफसहित ६ कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?



काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकैदिन ६ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। शुक्रबार ३ वटा लघुवित्तसहित ६ वटा कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।
सन नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशतले हुन आउने २५ लाख १५ हजार ६१६ कित्ता बोनस शेयर, स्वरोजगार लघुवित्तको १४.२५ प्रतिशतले हुन आउने ११ लाख १७ हजार ९१ दशमलव २७४३ कित्ता बोनस शेयर, स्वावलम्बन लघुवित्तको ५.६३६५ प्रतिशतले हुन आउने ९ लाख ३३ हजार ७ सय ५० कित्ता बोनस शेयर र छिमेक लघुवित्तको १२.५ प्रतिशतले हुन आउने ४० लाख १९ हजार १ सय ८२ दशमलव ३३५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
साथै, सिक्लेस हाइड्रोको १५ प्रतिशतले हुन आउने १३ लाख ७५ हजार कित्ता र सर्वोत्तम सिमेन्टको ५ प्रतिशतले हुन आउने २४ लाख ८७ हजार ७ सय ५० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
सूचीकृत शेयर आगामी आइतबारदेखि दोस्रो बजारमा कारोबारका लागि आउनेछ ।

