
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तका सेयरधनीको हात खाली



फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको फागुन २४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको तर्फबाट सेयरधनीलाई कुनै लाभांश (नगद तथा बोनस सेयर) वितरण नगर्ने तथा सोही आर्थिक वर्षको वित्तीय विवरण पारित गरी प्रकाशन गर्न स्वीकृतार्थ नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो ।


