
चितवन–१ मा हरि ढकालको २६ हजारभन्दा बढी मतान्तरले अग्रता



काठमाडौं । चितवन क्षेत्र नम्बर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि ढकालले फराकिलो अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणामअनुसार ढकालले ३४ हजार ४१७ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले ७ हजार ९८३ मत प्राप्त गरेका छन् । हालसम्मको मतपरिणाम अनुसार ढकालले बुर्लाकोटीभन्दा २६ हजार ४३४ मतान्तरले अग्रता बनाएका छन् । यसैगरी नेकपा (एमाले) का दावा दार्जे लामाले ७ हजार ५०९ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बलराम शर्माले १ हजार ४७० मत प्राप्त गरेका छन् ।
हालसम्म ५९ हजार ७ मत गणना भएको छ भने २ हजार ३५२ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

