बीमा प्राधिकरणको कामु अध्यक्ष बने दाहाल
काठमाडौं। हाल नेपाल बीमा प्राधिकरणमा अध्यक्ष पद रिक्त भएको बेलामा अर्थ मन्त्रालयका सह-सचिव मदन दहालले (कामु अध्यक्ष) को जिम्मेवारी पाएका छन्। उनलाई नयाँ अध्यक्षको प्रक्रिया सक्किनु अघिसम्म जिम्मेवारी दिइएको हो ।
मन्त्रालयका सह-सचिव समेत रहेका दाहालले बीमा ऐन २०७९ को दफा ६ बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहदै आएकाले जिम्मेवारी पाएका हुन्। दाहालसँग बीमा क्षेत्रको अनुभव रहेको जनाइएको छ ।