
डोल्पामा खस्यो ५० प्रतिशत मत, मतदान जारी



डोल्पा । कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा ५० प्रतिशत मत खसेको छ । प्रतिनिधिसभाको एउटामात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल मतदाताको ५० प्रतिशत मत खसिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
जिल्लाका केही मतदान केन्द्रमा ढिलो गरी मतदान प्रक्रिया सुरु भए पनि मतदाताको उत्साहपूर्ण सहभागी रहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ । डोल्पामा ११ हजार ९२८ पुरुष र १२ हजार १८७ महिला गरी जम्मा २४ हजार ११५ मतदाता रहेका छन् । जसमा १२ हजार हारहारीमा मत खसेको जनाइएको छ ।
जिल्लामा दुई वटा अस्थायीसहित ७० वटा मतदान केन्द्र कायम गरिएको भने ४१४ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारी दिएको छ ।

