
प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्



काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आजको मतदानमा सहभागी भएनन् । संविधानका संरक्षकका रुपमा तटस्थता कायम गर्दै उनीहरुले मतदान नगरेको बताइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल संविधानको संरक्षक र राष्ट्रकै अभिभावक भएकाले मतदानमा सहभागी नहुने निर्णय गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले यसअघिका गृह जिल्ला तनहुँ, व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक तटस्थताका कारण मतदान प्रक्रियामा सहभागी नभएको बताइएको छ । उनले यसअघिका निर्वाचनमा बाराको बसबरीयास्थित मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए ।

