
संखुवासभा कारागारमा ३३ कैदीबन्दीले गरे मतदान



संखुवासभा । संखुवासभाको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सदरमुकाम खाँदबारीमा रहेको जिल्ला कारागारमा कैदीबन्दीका लागि गरिएको मतदान सम्पन्न भएको छ । कारागारमा रहेका कैदीबन्दीमध्ये मतदाता नामावलीमा समावेश ३३ जनाले मतदान गरेका छन् ।
कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट ३३ जना कैदीबन्दीले मतदान गरेको गरेका हुन् । जिल्ला कारागारबाट शतप्रतिशत खसेको मतदान भएको जनाइएको छ । जिल्ला कारागारमा मतदाता नामावली भएका २८ पुरुष र ५ महिला कैदी बन्दीले मतदान गरेका हुन् ।

