बीमा प्राधिकरण अध्यक्ष र कार्यकारी निर्देशक बिहीन हुँदा,कम्पनीहरुमा धमाधम इन्सपेक्सन हुँदै
काठमाडौं । अहिले नेपाल बीमा प्राधिकरण अध्यक्ष बिहीन अवस्थामा छ । हुन् त ठीक यही बेलामा नै लामो समयदेखि अध्यक्षका सट्टामा काम गर्ने कार्यकारी निर्देशक (ईडी) समेतको पद खाली नै छ । यस्तो बेलामा बीमा कम्पनी (बीमक) हरुमा भने बीमा प्राधिकरणले गर्ने इन्सपेक्सन जारी रहेको पाइएको हो ।
इन्सपेक्सनमा बीमा कम्पनीहरुले दैनिक तथा यस अघि गरेका क्रियाकलापहरुको सुक्ष्मदेखि बृहत रुपमा खोजी गरिन्छ । कतिपय कम्पनीहरुलाई यस्तै इन्सपेक्सनकै आधारमा कारबाही गर्ने, जरीवाना तिराउँने, चेतावनी दिने, सचेत गराउँने लगायत केही पनि नगर्नु पर्ने अवस्था देखिने बीमा कम्पनीहरु बताउँछन् ।
ठूलो कैफियत देखिए के हुन्छ ?
बीमा कम्पनीहरुबाट यस्तै बेलामा ठूला कैफियत देखिएको अवस्थामा काम कारबाही कसरी अघि बढ्छ ? भन्ने पनि चासोको विषय बनेको छ । जसरी कुनै पनि कार्यालयमा कार्यालय प्रमुख भएको बेलामा उनीहरु नै पूर्णउत्तरदायी र जवाफदेही हुनुपर्छ । त्यसरी नै अहिले बीमा प्राधिकरण मुख्य नेत्तृत्व बिहीन अवस्थामा गुज्रिएको बेलामा गरिएका सुपरिवेक्षण, निरीक्षणका नतिजाहरु के कति प्रभावित हुन्छन् वा कुन हिसाबले परिचालित हुन्छन् ? भन्ने बीमकहरुमा जागेको कौतुहलता अर्थपूर्ण देखिन्छ ।
नियमीत काम हो, विभाग प्रमुखले सम्हाल्छन् ः प्राधिकरण स्रोत
सोही विषयमा जानकारी लिन बीमा प्राधिकरणका केही अनुभवी कर्मचारीहरुसँग पनि बुझ्ने प्रयास गर्दा उनीहरुले आफूहरु सदाझै नियमीत काम, कारबाहीमा रहेको जनाए । त्यस्तै, सुपरिवेक्षण, इन्सपेक्सनको अर्डर कस्ले दिन्छ भन्ने जिज्ञासामा बीमा प्राधिकरण स्रोतले सम्बन्धित विभागका प्रमुखहरु नै जवाफदेही र उत्तरदायी हुने बताएका छन् ।
आगामी दिनमा हामीले कुन कम्पनीमा कस्तो इन्सपेक्सन भयो र त्यसको नतिजा के कस्तो आयो भन्ने पनि बुझ्ने प्रयास गर्नेछौं ।
अहिले बीमा प्राधिकरण नेत्तृत्व बिहीन भएको अवस्थामा कतिपय इन्सपेक्सनहरु केही दिन अघि मात्रै प्राधिकरणबाट बाहिरीएका अध्यक्ष्य सूर्य प्रसाद सिलवालकै सिफारिसमा संचालित रहेको बुझिएको छ ।
साथै, बीमा कम्पनीहरुमा गरिएका इन्सपेक्सन कम्पनी पिच्छे कतिको कडाई र कतिको सरल ढंगमा भएका छन् भन्ने पनि खोजीको विषय हुन सक्ने बीमकहरु आफै बताउँछन् । यद्यपी बीमा प्राधिकरणमा महत्वपूर्ण पोस्ट खाली भएको बेलामा महत्वपूर्ण काम कारबाहीहरु अघि बढ्नुले त्यसको नतिजा अनुरुप भोली कुन कुन कम्पनीको वास्तविक अवस्था के छ ? भन्ने यकिन गर्न सहज हुने देखिन्छ ।