
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले हाले भोट



काठमाडौं । नेपाल उद्योग वािणज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले मतदान गरेका छन् । उनले आज काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर भोट हालेका हुन् ।
उनले मत भनेको केवल अधिकार मात्र होइन, देशको भविष्य निर्धारण गर्ने जिम्मेवारी पनि भएको बताएका छन् । ‘मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाओस्, जसले स्थिर नीति, लगानीमैत्री वातावरण र निजी क्षेत्रको सहभागितासहित समृद्ध अर्थतन्त्र निर्माणतर्फ मुलुकलाई अघि बढाओस् भन्ने अपेक्षा गरेको छु। यो निजी क्षेत्र मात्र होइन, आम नेपालीको अपेक्षा पनि हो।’ उभनले भने ।
मुलुकको अर्थतन्त्र, रोजगारी र राजस्वमा ८० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्र नै विकास र समृद्धिको प्रमुख संवाहक भएको उनको भनाइ छ । निजी क्षेत्रको सक्रिय सहभागिता र लगानीबाट मात्रै मुलुकमा अपेक्षित विकास र समृद्धि हासिल हुन सक्ने उनले बताए । निर्वाचनपछि बन्ने नयाँ सरकार र नेतृत्वले निजी क्षेत्रको यस महत्वलाई मनन गर्दै निजी क्षेत्र सँगको सहकार्यलाई अझ सुदृढ र प्रभावकारी बनाउनेछ भन्ने विश्वास लिइएको उनको भनाइ छ ।

