
निर्वाचन अपडेटः साढे ८ लाख भोट खस्यो



काठमाडौं । आज बिहान ७ बजेदेखि देशभर मतदान जारी छ । यसैबिच नेपाल प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार बिहान ९ बजेसम्म ८ लाख ५० हजार मत खसेको छ ।
मतदानको समय साँझ ५ बजेसम्मका लागि तोकिएको निर्वाचन आयोगले जनाएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपश्चात् देशमा पहिलोपटक प्रतिनिधि सभा निर्वाचन भइरहेको हो।

