
जानकी फाइनान्सको सीईओमा दिनेश कुमार शर्मा पुनः नियुक्त



काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेश कुमार शर्मालाई पुनः नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको फागुन १७ गते बसेको बैठकले फागुन २९ गतेदेखि लागु हुने गरी शर्मा चार वर्षका लागि दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअनुसार, शर्मा फागुन २९ गतेदेखि आफ्नो दोस्रो कार्यकालको जिम्मेवारी सम्हाल्नेछन्।

