नेप्से परिसूचक २७ सय माथि पुग्दा, कारोबार रकम ५ अर्ब नाघ्यो
काठमाडौं । बुधबारको सेयर बजार परिसूचक उच्च अंकले बढेको छ । बुधबार सेयर कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ४५ दशमलव ८८ अंकले बढेको हो ।
हिजो भन्दा करिब २ प्रतिशत अर्थात् १.७१ प्रतिशतले बढेको हो भने आजको कारोबार बन्द हुँदा परिसूचक २७१५ दशमलव ७१ विन्दुमा पुगेको अवस्था छ । सेयर बजारमा कारोबार भएका २ सय ११ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ कम्पनीको सेयर मूल्य घट्दा ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
यता ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ७५ अंकले बढेर ४६४ दशमलव ६६ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने १ उपसूचकको सेयर मूल्य भने घटेको छ ।
परिसूचक बढेको दिन ५ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज ३०८ कम्पनीका १ करोड १३ लाख ८६ हजार ८४५ कित्ता सेयर ५६ हजार ३५० पटक खरिद बिक्री हुँदा ५ अर्ब ५ करोड ६ लाख ५४ हजार ४५० रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको दिन एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको हो ।