कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा युपिआई (युनियनपे इन्टरनेशनल)का कार्डहरु स्वीकार गर्ने भएको छ । डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्दै ग्राहकहरुलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ्गको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ, यो सुविधा नेपाल भर कुमारी बैंकका सम्पूर्ण एटीएम तथा पीओएस टर्मिनलहरूमा उपलब्ध हुने बैंकले जनाएको हो ।
सो सुविधाबाट अब युपिआई कार्ड प्रयोगकर्ताहरूले कुमारी बैंकको एटीएम मार्फत रकम झिक्न र पीओएस टर्मिनल मार्फत खरिद भुक्तानी गर्न सहज हुने साथै यसले व्यापारिहरुलाई पनि लाभ हुने विश्वास बैंकले लिएको छ । बैंकले आफ्नो सेवाको दायरालाई व्यापक बनाउँदै, डिजिटल नेपालको अभियानमा थप योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।