सेयर बजारमा आज ४ अर्बको कारोबार
काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) नेप्से परिसूचक ६.३२ अंकले घटेको छ । आज ०.२३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६६९.८२ अंकमा कायम भएको हो।
बजार घटेको दिन होटल समूह ०.२८, उत्पादनमूलक समूह ०.३३, लघुवित्त समूह ०.१३ तथा ट्रेडिङ समूह ०.३० प्रतिशतले बढेको देखिन्छ ।
नेप्सेका अनुसार ३०३ कम्पनीका ८७ लाख ६८ हजार ५ सय ६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड ३३ लाख २० हजार २ सय ९०.८१ रुपैयाँ बराबरको कारोबार हुन पुग्यो।
हिजो साढे ५ अर्बभन्दा माथिको कारोबार भएको सेयर बजारमा आज ४ अर्ब छेउछाउमा कारोबार समिति भएको अवस्था छ ।