
जिन्सी तथा आर्थिक सम्पत्ति बरबुझारत गर्न पेशागत बीमा अभिकर्ता संघको आग्रह



काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समितिले जिन्सी तथा आर्थिक सम्पत्ति बरबुझारत गर्न आग्रह गरेको छ । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारी र पेशागत बीमा अभिकर्ता स.घ नेपाल पुतलीसडकका महासचिव ओम बहादुर खत्रीले सूचना जारी गरी यस्तो आग्रह गरेका हुन् ।
समितिले २०७१ असोज २२ र २३ गते सम्पन्न बुटवल राष्ट्रिय अधिवेशन पश्चात समितिको जिन्सी तथा अािर्थक कारोबारहरुमा संलग्न भइ गरेको नयाँ कार्यसमिति गठन पश्चात समितिको आर्थिक तथा भौतिक सम्पत्ती नयाँ कार्यसमितलाई बुझाउनु पर्नेमा नगरेकाले बुझाउनका लागि सूचना जारी गरिएको हो ।

