


आजको प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से



काठमाडौं । मंगलबारको प्रि ओपन सेनसमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा ० दशमलव ०४ अंकले घटेको हो ।
आजको प्रि ओपन सेसन पछि २६७६ दशमलव १० विन्दुमा पुगेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ०७ अंकले घटेर ४५५ दशमलव ५९ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २१ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको सेयर मूल्य घटेको छ ।
आजको प्रि ओपन सेसनमा ४२ कम्पनीका ४ हजार ५६३ कित्ता सेयर ९१ पटक खरिद बिक्री हुँदा ३७ लाख ११ हजार १९१ रुपैयाँको कारोबार भएको छ ।