
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको १ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँले सस्तो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर ४ हजार ८८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चादीको मूल्य ४ हजार ८८५ रुपैयाँ रहेको थियो ।

