
सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयरधनी र सर्वसाधारणका लागि छुट्टाछुट्टै संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले प्रतिकित्ता न्यूनतम १०६ रुपैयाँ तोकेर ३ हजार ८५३.९७ कित्ता संस्थापक र नवौं वार्षिक साधारणसभाबाट पारित बोनस सेयर समेत संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको हो ।
त्यसैगरी बैंकले प्रतिकित्ता न्यूनतम १३० रुपैयाँ तोकेर १८ हजार ८४४.७२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । यी सेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी ३५ दिनभित्र काठमाडौंको नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

