
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ४ लाख ८८ हजार बढी कित्ता शेयर बिक्रीमा



काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ४ लाख ८८ हजार बढी कित्ता संस्थापक सेयर बिक्रिमा राखेकाे छ। बैंकले ६ जना संस्थापक शेयरधनीहरूकाे नाममा रहेको कुल ४ लाख ८८ हजार ३०९ कित्ता संस्थापक शेयर बिक्री खुला गरेकाे हाे ।
हाललाई यो शेयरमा बैंककै संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
संस्थापक शेयरधनीहरुले शेयर खरिदका लागि आफूले खरिद गर्न चाहेको शेयर सङ्ख्या र प्रति कित्ता मूल्य समेत खुलाई बैंकको शेयर रजिष्ट्रारको कार्यालय, आईटी प्लाजा, कमलादी, काठमाडौँ मा निवेदन दिनु पर्नेछ।
यदि तोकिएको समयभित्र संस्थापकहरूबाट आवेदन नपरेको खण्डमा मात्र यो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।

