निलम्बन पश्चात सिलवालले खुलाए आफ्नो बयान,भन्छन् ‘बीमा ऐन पढ्नुस्’
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले आफू बिरुद्ध लागेका विषयमा बीमा ऐनले स्पष्ट व्यवस्था गरेको बाटोमा नै आफू उभिएको खुलाएका छन् । बीमा दर्पण डटकमसँगको कुराकानीमा सिलवालले आफूलाई सरकारले नै नियुक्ती दिएको र सरकारले चाहेको खण्डमा आफ्नो कार्यकाल दोहोरीनेसम्मको प्रतिक्रीया दिएका हुन् ।
बीमा दर्पण डटकमसँग सिलवालले भने,‘बीमा ऐनको खारेजी र बचाउ खण्डमा यहाँहरुले हेर्नु होला । मापदण्डमा जे कुरा भनिएको भए पनि ऐनसँग बाँझिएको हदसम्म मापदण्ड अमान्य हुन्छ भनिएको छ । यस्तो लेखिसकेको बेलामा, मुद्धा चाही यति नै हो । त्यस कारणले ६५ वर्षमा मैले छोड्नु पथ्र्यो भन्ने आरोप लागेको हो । मेरो भनाई चाही जुन बीमा ऐन अनुसार मेरो नियुक्ती भएको हो त्यही ऐन अनुसार मैले काम गर्ने हो । हेर्नुस्, अघिल्लो ऐन त्यो ऐनमा बीमा अध्यक्षको योग्यता र अयोग्यताको खण्डमा उमेरको व्यवस्था छैन । त्यसकारणले अध्यक्ष नियुक्त भए पनि ४ वर्षलाई नै नियुक्त हुने हो भन्ने मेरो भनाई हो, मेरो बयान पनि त्यही नै हो ।’
नागरिकता किर्ते होइन
सिलवालले आफ्नो नागरिकताको सम्बन्धमा पनि आफ्नो भनाई स्पष्ट रुपमा राखेका छन् । उनले आफूले नागरिकता लिदा एक पान्ने नागरिकता हुने गथ्र्यो र त्यही बेलामा वर्ष १६ भन्ने नागरिकता लिएको बताउँछन् । त्यस्तै, झुत्रो भएको नागरिकतालाई जन्ममिति खुलाउने खण्ड अनुसार आफूले सहि उमेर नै खुलाएको स्मरण गराए । उनले आफ्नो सर्टिफिकेटमा १५ सालको हिसाबले उमेर हद लागू हुने र सोही अनुसार आफू ५८ वर्ष उमेर पूरा भएर नेपाल सरकारको महत्वपूर्ण निकायबाट रिटायर्ड भएको पनि बताउँछन् ।
उमेर बाँझिएमा कानुनले अघिल्लो उमेर हद मान्ने
यता नागरिकताको अर्थ नहुने केही ठाउँमा पनि हाम्रा कानुनले सटिर्फिकेट बाँझिएको अवस्थामा जो अगाडी आउँछ सोही उमेर राख्ने व्यवस्था भएको सिलवालले स्मरण गराए । सबै कुरा प्रस्ष्ट भएको बेलामा ६५ वर्ष भएपछि पनि अध्यक्ष खायो भन्ने आरोप आफू माथि लागेको सिलवालको भनाई छ ।
उनले थपे,‘मेरो भनाई के हो भने ६५ र ७० को कुनै अर्थ छैन । ऐनले नै ४ वर्ष भनेर किटान गरेर लेखिसकेको छ । ऐनले कही पनि ६५ वर्ष ६६ वर्ष भनेकाले अध्यक्षले ४ वर्ष नै काम गर्न पाउँने उनी बताउँछन् । हाम्रो ऐनमा चाही ऐनमा नै भएको कुरा प्रिभेल गर्ने हो । अब मापदण्डमा भएको कुरा ऐन आफैले काटेको छ । मापदण्ड र ऐन बाँभिएमा मापदण्ड अमान्य हुन्छ भन्ने व्यवस्था छ । उमेर चाही होइन ३० वर्षको व्यक्ती नियुक्त हुँदा पनि ४ वर्ष खाने हो, ६० वर्षको व्यक्ती नियुक्त भए पनि ४ वर्ष खाने हो ।’
सरकारले चाहेमा पदावधी थप हुँने
उनले तपाईहरु त बीमामा लेख्दै आउँनु भएको छ, कम्तीमा बीमाको बारेमा लेख्दा जो कोहीले बीमा ऐन त पढ्नु पर्यो नी । मैले भनेको कुराहरु तपाईले ऐनमा हेर्नु न स्पटै छ त भन्दै सरकारले चाहेमा आफ्नो कार्यकाल समेत पुन थप हुने खुलासा गरेका हुन् ।