
शिवरात्रीको अवसरमा निशुल्क भोजन गराउँदै एलआईसी नेपाल



काठमाडौं । हिन्दु नेपालीहरुको महान चार्ड महाशिवरात्रीको अवसरमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले निशुल्क रुपमा भोजन तथा पानी वितरण गर्ने भएको छ । कम्पनीले पशुपतिनाथ मन्दिरमा आउने भक्तजनहरुलाई निशुल्क रुपमा भोजन र पानी वितरण गर्ने भएको हो ।
जीवन बीमा क्षेत्रको एक अग्रणी कम्पनीका रुपमा रहेको यो कम्पनीले विभिन्न सामाजिक कार्यहरुमा पनि आफ्नो उपस्थिति जनाउँदै आइरहेको छ । भारत सरकारको समेत लगानी गरेको कम्पनीले विभिन्न चार्डपर्वको अवसर पारेर यस्ता कार्यक्रमहरु गर्दै आइरहेको छ । कम्पनीले आफ्नो स्वयम्सेवक कर्मचारीमार्फत शिवरात्रीको अवसरमा भक्तजनहरुलाई निःशुल्क भोजन र पानी वितरण गर्ने जनाएको छ । कम्पनीले विगतका वर्षहरुमा पनि महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा निःशुल्क भोजन वितरण गर्ने गरेको छ ।
यो वर्ष पनि सो कार्यलाई निरन्तर्ता दिन लागिएको कम्पनीको भनाइ छ । व्यवसाय मात्रै भन्दा पनि यो कम्पनी समाज सेवामा पनि अग्रसर हुँदै आएको छ । कम्पनिले विहानैदेखी पशुपतिनाथको मन्दिर परिसरमा स्टल राखेर सेवा प्रदान गरिने जनाएको छ । ग्राहकहरुलाई अत्याधुनिक इन्स्योरेन्स सेवा र सुविधा प्रदान गर्दै आएको एलआईसले संस्थागत सामाजिक उत्तरदायित्व मार्फत विभिन्न सामाजिक सहयोग गर्दै आइरहेको छ ।

