शिखर इन्स्योरेन्सले माग्यो बीमा दाबी दिनका लागि सबै कागजपत्र
काठमाडौं । निर्जीवन बीमा क्षेत्रको अग्रणी कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबीका लागि निवेदन दिएका बीमितहरूलाई अपुग कागजात पेश गर्न आह्वान गरेको छ । कम्पनीले गत भदौ १६ देखि मंसिर १५ गतेसम्म परेको दाबी निवेदनमा दाबी मूल्यांकनका लागि आवश्यक कागजात प्राप्त नभएको र बीमित तथा बीमितको प्रतिनिधि सम्पर्कमा नआएकाले दाबी प्रक्रिया रोकिएको बताउँदै आएको छ।
विगतमा जस्तै ३५ दिनभित्र आवश्यक सम्पूर्ण कागजात सहित कम्पनीको केन्द्रीय दाबी विभाग, प्रादेशिक कार्यालय, शाखा कार्यालय र कम्पनीबाट सम्बन्धित दाबीमा खटाइएका सर्भेयरलाई कागजात उपलब्ध गराई दाबी भुक्तानी लिन समेत आग्रह गरिएको छ भने समयमै कागजात पेश गरी दाबी नलिए बीमितहरुको फाइल बन्द हुने पनि जनाइएको छ ।
बाढी पहिरोको बीमामा सुरुवाती दिनदेखि नै शिखर इन्स्योरेन्सले दाबी भुक्तानीलाई तिब्रता दिएको तथ्यांकमा पनि देखिन्छ ।