एक सातामा सुनको मूल्य ८ सयले घट्यो, चाँदीको मूल्य ४५ रुपैयाँले बढ्यो
काठमाडौं । यो साता पनि सुनको मूल्यमा समान्य गिरावट देखिएको छ भने चाँदीको भाउ सामान्य बढेको छ । यो सता छापावाला सुन तोलामा ८०० रुपैयाँले घटेको हो ।
गत साताको अन्तिम कारोबार हुने दिन शुक्रबार १ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य यो सताको अन्तिम दिन शुक्रबार १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको छ । यो समग्रमा एक हप्ताको अन्तरमा ८०० रुपैयाँले कम हो । यसैगरी यो साता चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले बढेको छ । अघिल्लो साताको शुक्रबार प्रतितोला १ हजार ८४५ रुपैयाँ रहेको चाँदीको मूल्य यो हप्ताको अन्तिम दिन शुक्रबार प्रतितोला १ हजार ८९० रुपैयाँ कारोबार भएको छ ।
सुनको मूल्य घटेको कारण बजारमा अझै पनि सुनको अभाव देखिएको छ । महासँघले तोकेको भाउमा अझै सुन पाउन सकेका छैनन् । अहिलेसम्म पनि व्यवसायीले बैंकबाट सुन पाउन सकेका छैनन् । सुनका आयात सुरु भए पनि सर्वाेच्च अदालतले सुनचाँदी व्यवसायी सँघहरुमा आबद्ध नभएका व्यवसायीले समेत सिधै सुन खरिद गर्न पाउनेगरी आदेश जारी गरेपछि अहिले बैंकहरुबाट व्यवसायीले सुन खरिद गर्न पाएका छैनन् ।