गढीमाईको मेलामा मोवाइल एटीएम सेवा दिँदै कुमारी बैंक
काठमाडौं । बारा जिल्लाको बरियारपूमा भव्यताका साथ गढीमाई मेला चलिरहेको छ । तराई भेगको महत्वपूर्ण शक्तीपीठ मध्ये एक मानिले गढीमाईमा हरेक पाँच वर्षमा लाग्ने उक्त मेलाको आफ्नै मौलिक तथा धार्मिक महत्व रहदै आएको पाइन्छ।
सोही मेला भर्न जाने श्रद्धालु भक्तजनहरुलाई समेत बैंकिङ् सुविधा प्रदान गर्न हाल कुमारी बैंक लिमिटेडले मोवाइल एटीएम सेवा प्रदान गरेको हो । उक्त सेवाकै कारण मेलामा जतिसुकै भीडभाड भए पनि वा मन्दिर परिसरबाट बैंक पुग्नु भन्दा अगावै भक्तजनहरुले गाडीमा जडान गरिएको एटीएम सेवा (मोवाइल एटीएम सेवा) बाट लाभ लिइरहेका छन्।
हाल नेपाली बैंकिङ क्षेत्रले पनि अन्तर्राष्ट्रिय स्तरमा चलेका विभिन्न नयाँ अभ्यासहरु पनि पालन गर्दै आएको देखिन्छ । शाखा रहित बैंकिङ सेवा सहित (लामो समयसम्म चल्ने तराई भेगमा सम्पन्न हुने) महत्वपूर्ण र ठूलो ऐतिहासीक–धार्मिक महत्व बोकेको गढीमाई मेलामा पछिल्लो समय राखिएका स्टल, काउण्टर, मोवाइल एटीएम सेवा लगायतले मेला भर्न जानेहरुका लागि केही नयाँ आभाष गरेको महसुश गर्न सकिन्छ ।
के हो त मोवाइल एटीएम सेवा ?
कुनै एउटा समय थियो जतिबेला हामीलाई एटीएममा कुनै पनि बेला पैसा निस्कन्छ भन्दा अचम्म लाग्ने गथ्र्यो । अझ भनौ बिना कुनै काउण्टरको कर्मचारी बैंकले एटीएमबाट सेवा दिन्छन् भन्ने विषय पनि कतिपयलाई नौलो लाग्ने गथ्र्यो । अहिले बैंकिङ पहुँचको बिस्तारसँगै हाम्रो घर,दैलोमा नै वित्तीय सेवा आई पुगेको देख्न सक्छौं । त्यसको एक झलक उदाहरण हो गढीमाईको मेलामा कुमारी बैंकको स्टल, या भनौ मोवाइल एटीएम सेवा ।
यस अघि नेपाल, भारत तथा तराई भेगका अधिकांश भक्तहरुले आर्थिक जोखिम मोल्नु पर्ने सो मेलामा अब भने आफूलाई चाहिने पैसा मन्दिर छेवैमा गएर निकाल्न मिल्नेसम्मको सुविधा आइसकेको छ ।
मोवाइल एटीएम सेवा भनेको एक मात्र स्थानमा रहने एटीएम जस्तो नभई जहाँ हामी पुग्छौं, जहाँ बजार छ त्यही हाम्रो नजिक आउँने (मुभेवल) अचल नभई चल सेवालाई बुझ्न सकिन्छ ।