सुनको मूल्य घट्दा,चाँदीको भने बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको तुलनामा ६०० रुपैयाँ कम हो । अघिल्लो दिन अर्थात बिहीबार, यस्तो सुन प्रतितोल १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ बढेको छ । बिहीबार तोलाको १ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन भने १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।