
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत बने पवनकुमार आचार्य



सानिमा बैंकले पवनकुमार आचार्यलाई नयाँ प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको छ। आइतबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको भूमिकामा कार्यरत आचार्यलाई बोर्डले सीईओ पदमा चयन गरेको हो।
हालसम्म प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका निश्चलराज पाण्डेको कार्यकाल ११ माघ २०८२ मा समाप्त भएसँगै उक्त पद रिक्त भएको थियो। सोही रिक्त स्थानमा आचार्यलाई बढुवा गर्दै बैंकले नयाँ नेतृत्वको घोषणा गरेको हो।

