
एलआइसी नेपालको साधारणसभा सम्पन्न, २१.०५ प्रतिशत लाभांश पारित



काठमाडौं । एलआइसी नेपाल लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा सम्पन्न भएको हो ।
सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ । सभामा अध्यक्षद्वारा सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरी पारित गरिएको छ । साथै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०८१÷८२ को नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिएको छ ।
यसैगरी, सभाले लेखा परीक्षण समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ । बहालवाला लेखापरीक्षक श्री केजे एशोशिएट्स पुनः नियुक्त हुन योग्य हुने प्रस्तावसमेत सभाले अनुमोदन गरेको छ ।
सभाले संस्थापक सेयरधनीको तर्फबाट नियुक्त सञ्चालकहरू तथा स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गरेको छ । साथै, सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पनि पारित गरिएको छ । कम्पनी ऐन २०६३ को दफा १०५ (१) (ग) बमोजिम आर्थिक वर्ष २०८१÷८२ मा कम्पनीबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएका खर्चहरूको अनुमोदन गरिएको छ । अध्यक्षको अनुमतिमा अन्य विविध विषयहरू पनि सभाले पारित गरेको छ ।

