बीआरआई सहकार्यको फ्रेमवर्कमा नेपाल र चीनले गरे समझदारी
काठमाडौं । आज नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड बीआरआई सहकार्यको फ्रेमवर्कबारे समझदारी सम्पन्न भएको छ।
छिमेकी राष्ट्र चीन पुगेका नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङमा दुई देशबीच बीआरआई सहकार्य सम्पन्धि सम्झौता गरेका हुन्। यस अघि ओलीले यसपालिनै बीआरआई सहमती गर्लान् कि नगर्लान् भन्ने विषयमा विविध टिका टिप्पणीहरु भइरहेको थियो ।
यता बीआरआईमा चीनसँग ऋणभन्दा पनि अनुदानमा नेपालको पहल हुनेगरी नेपाली पार्टीहरुले समझदारी गरेका थिए।