बजार घटेको दिन नेप्सेमा ९ अर्बको कारोबार
काठमाडौं । साताको चौथो दिन सेयर बजार परिसूचक दोहोरो अंकले घट्न पुगेको छ । मंगलबार दोहोरो अंकले बढेको सेयर मूल्य आज दोहोरो अंकले घटेको हो ।
नेप्से परिसूचकमा करिब २५ अंकको गिरावट आउँदा २४ दशमलव ९७ अंकले घटेर नेप्से २७५० दशमलव ८७ विन्दुमा पुगेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १८ अंकले घटेर ४६९ दशमलव ०३ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ३ वटाको सेयर मूल्य मात्रै बढेको छ भने १० उपसूचकको सेयर मूल्य भने घटेको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १३२ वटाको सेयर मूल्य घटेको छ भने १०४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
परिसूचक घटेको दिन कारोबार रकममा भने सामान्य सुधार आएको छ । अघिल्लो दिन साढे ८ अर्ब भन्दा माथिको कारोबार भएको बजार आज ९ अर्बभन्दा माथिको कारोबार भएको छ । आज ३२० कम्पनीका २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर ९६ हजार ६७७ पटक खरिद बिक्री हुँदा ९ अर्ब १३ करोड २४ लाख ६८ हजार ९०६ रुपैयाँको कारोबार भएको छ ।
कारोबारको अन्तिम समयसम्म आईपुग्द्या दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने दुईवटा कम्पनीको सेयर मूल्य नै मा नकारात्मक सर्किट लाग्न पुग्यो ।