
पुस महिनामा आई.एम.ई. लाइफ दियो ४ करोड बढी दाबी भुक्तानी



काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्सले पुस महिनामा ४ करोड भन्दा बढीको दाबी भुक्तानि गरेको छ । कम्पनीले २०८२ को पुस महिनामा मात्रै ४ करोठ ९ लाख ६७ हजार ८०४ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।
पुस महिनामा कम्पनीले ७८ वटा बीमालेखहरुको दाबी भुक्तानी गरेको जनाएको छ । कम्पनीले छिटो समयमा ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

