आगामी आईतबार मधेश प्रदेशमा सार्वजनिक बिदा
काठमाडौं । आगामी आईतबार (मंसिर २३ गते) सार्वजनिक बिदा हुने भएको छ । सो बिदा मधेश प्रदेशको हकमा लागू हुनेछ ।
बारा जिल्लाको महागढीमाई नगरपालिकास्थित बरियारपूरमा प्रत्येक पाँच वर्षमा ठूलो मेला लाग्ने गर्छ । एक महिनासम्म चल्ने उक्त मेलाको अवसरमा आगामी आईतबार विशेष पूजा हुने भन्दै सो बिदा दिन लागिएको हो ।
सो जानकारी प्रदेश सचिव उद्धव प्रसाद रिजालले एक विज्ञप्तीमार्फत दिएका हुन् ।