मौद्रिक नीतिको समिक्षा सार्वजनिक
काठमाडौं । शुक्रबार बिहानी शत्रमै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरेको छ । अधिकांश रुपमा पोलिसीगत हेरफेर नगरी चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समिक्षा गरिएको हो।
यता, हाल कायम नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमै कायम गरिएको छ।
अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई पनि जस्ताको त्यस्तै राख्दै समिक्षा सार्वजनिक भएको हो भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८१ असोजमा आएको अतिभारी वर्षा र बाढीबाट करिव ४६ अर्बको आर्थिक क्षति भएको आँकलन गरिएको छ ।
यसपालि सार्वजनिक वित्त व्यवस्थापनमा चाप पर्ने अवस्था देखिएको छ भने भौतिक पूर्वाधार निर्माणमा गरिने खर्चले अर्थतन्त्रका अन्य क्षेत्रहरु चलायमानलाई पर्याप्त सहयोग पुग्ने प्रारम्भिक आँकलन छ ।
समिक्षा अवधिको पहिलो तीन महिनामा मुद्रास्फीति लक्षित सीमाभित्र रहेको तथा भारतमा खाद्यान्न समूहको मुद्रास्फीतिमा चाप पर्दा गएको दुई महिनादेखि मुद्रास्फीति एकाएक बढ्न पुगेको बताइएको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर रहन गई गैर–खाद्य समूहको मूल्यमा भने थप चाप नपर्ने र सोही आर्थिक वर्ष २०८१।८२ को वार्षिक औसत मुद्रास्फीति ५ प्रतिशतको सीमाभित्र रहने आँकलन गरिएको छ ।
समिक्षा बिना नै मौद्रिक नीति सार्वजनिक भएसँगै त्यसको पनि प्रभाव के कस्तो पर्ने हो ? भन्ने अझ बढी चासोको विषय बन्न पुगेको देखिन्छ ।