
नेपाल टेलिकमको विद्यार्थीका लागि एनटी फाइबर विद्यार्थी अफर



एनटी फाइबर विद्यार्थी अफर लिनका लागि विद्यार्थीले आगामी माघ २२ गते भित्रै १९८ मा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भई आवेदन दिन सकिन्छ ।
कुन कुन कागजात संलग्न गर्नुपर्छ ?
वि.सं. २०५४ साल वा पछि जन्म मिति रहेका विद्यार्थीहरुका लागि मात्र यो अफर लागु हुनेछ । त्यसैले स्पष्ट जन्म मिति खुल्ने प्रमाणको रुपमा जन्म दर्ता वा नागरिकता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेछ । त्यसैगरी आवेदन फारमका साथ विद्यार्थीको परिचय पत्र पनि अनिवार्य पेश गर्नु पर्नेछ । नाबालिगका हकमा अभिभावकको नागरिकता वा लाइसेन्स वा पासपोर्टको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
यो अफरको समयावधि (Validity) सकिए पछि पुनः यही प्याकेजमा नवीकरण गर्न मिल्दैन । यसकारण सेवा निरन्तरता चाहनेले साविकका प्याकेजहरु मध्येबाट छनोट गर्नु पर्नेछ र नवीकरण गर्न नचाहेमा उपलब्ध गराइएको सीपीई फिर्ता गर्नुपर्नेछ ।
यस सम्बन्धी विस्तृत जानकारी https://www.ntc.net.np/post/ftth-student-offer मार्फत पनि प्राप्त गर्न सकिन्छ ।

