
सामान आयात गर्नेलाई डलर साट्नमा राष्ट्र बैंकले गर्यो कडाइ



काठमाडौं । उद्योगी तथा व्यवसायीलाई डलर साट्नमा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०८१ मा संशोधन गरेको छ ।
जस अन्तरगत महिनामा एक पटक मात्र आयात गर्ने उद्योगले २० लाख अमेरिकी डलर र व्यवसायीले चार लाख अमेरिकी डलर मात्र साट्न पाउने भएका छन् ।
यस अगाडि राष्ट्र बैंकले कुनै पनि नियम लगाएको भने थिएन ।

