
प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से



काठमाडौं । बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा १.१० अंकले बढेर २५८५.५९ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा २५ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आजको उक्त सेसनमा ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.३२ अंकले बढेर ४४७.९१ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ४३ कम्पनीका ४५ हजार ६०२ कम्पनीका १२२ पटक खरिद बिक्री हुँदा १ करोड ८४ लाख ८६ हजार ९३१ रुपैयाँको कारोबार भएको छ ।

