
हिमालयन बैंकले लाभांश नदिने



काठमाडौं । हिमालयन बैंक लिमिटेडले शेयर धनीलाई आर्थिक वर्ष २०८१/०८२ को नाफा नदिने भएको छ । कम्पनी सचिव विपिन हाडाका अनुसार कम्पनीको हिजो पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरणअनुसार कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हाडाले जानकारी दिए । उनका अनुसार नेपाल राष्ट्र बैंकसमक्ष वित्तीय विवरण स्वीकृतिको लागि पेस गर्ने निर्णय गरेको हो ।

