प्रविधिमैत्री बैंकिङ क्षेत्र:नबिलमा एकमिनेटमा खाता खुल्छ,कुमारी र ग्लोबलमा के छ ?
काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा पछिल्लो समय प्रविधिको प्रयोग बढ्दो क्रममा रहेको पाइन्छ । उक्त प्रयोगको बारेमा हामीले देख्न र महशुस गर्न सक्ने गरि नै कतिपय परिवर्तनहरु भएका छन् । हाल नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले केही वर्ष अघि बल्खु, कुलेश्वरका तरकारी बजारमा क्यूआर कोड सेवाको सुरु गर्दै भनेका थिए,‘म पैसामा हस्ताक्षर गर्ने व्यक्ती हुँ तर मेरो कार्यकालमा सकेसम्म हस्ताक्षर गर्न नपरोस् भन्ने चाहान्छु ।’ सायद यस्तो वाक्यांश प्रयोग गर्ने उनी पहिलो गर्भनर पनि हुनसक्छन् । उनले बोलेका सोही लाइनले अर्थ बजारमा ठूलै संकेत समेत दिएको थियो ।
हाल उनै अधिकारी गभर्नर पदमा छन् । यस बिचमा हामीले हेर्ने हो भने मन्दिरका भेटी, तरकारी बेच्ने साईकल पसल, पान पसल, स–साना खुद्रा पसलदेखि ठूला होलसेलहरुले पनि आफ्नो कारोबारलाई डिजिटल बनाउँने प्रयास गरिरहेका छन् । हुन त यो एक किसिमको भुक्तानीको पाटोसँग सम्बन्धित कुराहरु भए । अहिले हामीले अधिकांश बैंकको वेभ साइट हेर्यौ भने उनीहरुले आफ्ना त्यस्ता वेभ साइटहरुलाई पनि सकेसम्म प्रविधि मैत्री बनाउँने प्रयास गरेको देखिन्छ ।
आज हामीले केही नाम चलेका र नेपालमा प्रचलित ठूला-साना बैंकहरुलाई एउटै बास्केटमा राखेर उनीहरुको वेभ साइटमा एक नजर लगायौं । त्यसरी वेभ साइटबाट पनि गभर्नर अधिकारी र बैंकहरुले चाल्न खोजेको प्रविधिमैत्री फड्कोको तादम्यता निकै हदम्म मेल खाएको फेला पर्यो। त्यसरी बैंकहरुले ग्राहकहरुलाई छिटो छरितो सेवा दिन आफ्नो पहिलो स्वरुम या भनौं वेभ साइट नै प्रविधिमैत्री बनाउँदा ग्राहकहरुको सेवा छिटो-छरितो, विश्वसिलो एवम विकसित पद्धतीबाट अघि बढेको पनि पाउँन सक्छौं । आज हामीले मुख्य गरेर तीनवटा बैंकको योजनामा एक झल्को लगाउँने जमर्को गर्यो ।
नबिल बैंक
नेपाली बैंकिङ क्षेत्रलाई बुझ्ने जो कोहीले पनि नबिल बैंकको बारेमा पक्कै पनि धेर थोर थाहा पाउँने गरेको पाइन्छ । आज हामीले वेभ साइटमा स्टार्ट योर बैंकिङ जोरनी विथ अस भन्ने भनाईका साथै ओपन एन एकाउण्ट अनलाइन इन मिनेट्स भन्ने एक लाइन देख्यौं । यो वाक्यांश नबिल बैंकको वेभ साइटमा भेटिन्छ । यसबाट पनि नबिल बैंक एक मिनेटमा हाम्रो खाता खेल्ने सिस्टम ल्याएको त्यो पनि अनलाइनबाट भन्ने बुझ्न सक्छौं ।
कुमारी बैंक
कुमारी बैंकले पनि आकर्षक भनाई राखेको छ । बैंकको सो भनाईमा अग्रेजी भाषामा अब किन बैंक धाउँनु पर्यो भन्ने भाव व्यक्ती गरीएको छ । सो लाइनसँगै औलाले क्लिक गरेको भरमै फण्ड ट्रान्सफर गर्न, खातामा रहेको व्यालेन्स थाँहा पाउँन, स्टेटमेन्ट डाउनलोड गर्न, ऋण सम्बन्धि जानकारी लिन तथा अन्य सेवाका लागि अब बैंक धाउँनु पर्ने झन्झटबाट मुक्त रहेको कुमारी बैंक लेख्छ ।
ग्लोबल आईएमई बैंक
यता ग्लोबल आईएमई बैंकले पनि डिजिटल यूनिभर्स भन्ने मुख्य दुई शब्द हाईलाइट गरेको छ । यसको मलतब बैंकले प्राविधिक विश्वासमा आफ्नो ग्राहकलाई त पक्कै लगेको छ नै उसले मेक योर लाइफ डिजिटल एण्ड स्मार्ट युजिङ सर्भिसेस भन्ने भनाई समेत राखेको छ । सोही अंग्रेजि भनाईबाट सार्थक हुन्छ कि ग्लोबल आईएमई बैंकले हामीले डिजिटल सेवा लिएर बैंकिङ कारोबारमा धेरै सहजता पाउँन सक्छौं ।
ग्लोबल आईएमईमा ग्लोबल स्मार्ट रजिस्ट्रेसन, डिम्याट एकाउण्ट ओपनिङ, अनलाइन एकाउण्ट ओपनिङ, एजेन्ट लगइन, क्रेडिट कार्ड रिक्वेस्ट जता धेरै वटा अप्सनहरु रहेका छन् । सोही अप्सनका आधारमा ग्राहकहरुले आफ्नो आवश्यकता अनुसारका सेवाहरु छिटो, छरितो र भरपर्दो रुपमा लिन सकिने बैंकका सरोकारवालाहरुले दाबी गर्दै आएका छन् ।
विश्वले प्रविधिमा दैनिक फड्को मारिरहेको बेलामा नेपाली बैंक वित्तीय क्षेत्रले पनि त्यसलाई आत्मसाथ गर्दै र पछ्याउँदै जानु सकारात्मक कुरा पनि हुन् । अझै पिन बैंकिङ साक्षरता कम भएका ठाउँहरुमा नेपालमा निकै छन् । यी ठूला बैंकहरुले त्यस्ता ठाउँमा आफ्ना ग्राहकहरुलाई सेवामा जोड्न आफ्ना वित्तीय साक्षरतालाई अझै फैलाउँदै लान जरुरी छ ।
आज हामीले इन्टरनेट बैंकिङ, प्रविधि मैत्री बैंकिङ कारोबारमा पछिल्लो समय लोकप्रिय हुँदै गरेको सम्पूर्ण नेपाली बैंकिङ प्रणालीको एक झल्को दर्शाउँन चाहेका थियौं । त्यसमा अहिले अधिकांश बैंकहरुले केही न केही नयाँ नौला प्रविधिमैत्री सेवा अघि सारेका छन् । सोही मध्ये केही प्रनितिधी बैंकको रुपमा हामीले डिजिटल सेवामा आवद्ध भएकै बैंकहरुको उदाहरण पनि लियौं । आगामी दिनमा पनि नेपाली बैंक वित्तीय क्षेत्र (यहाँका आर्थिक क्षेत्रसँग) सम्बन्धित जनचेतनामूलकदेखि (डिजिटल ग्याप) प्रविधिले सिर्जना गरेका खाडलसम्म हामीले छुने प्रयास गर्नेछौं ।
(बीमा दर्पण डटकम : मिरोर अफ इन्स्योरेन्स)