बुधबार राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ खर्ब उठाउदै
काठमाडौं । बैंक वित्तीय क्षेत्रको मुख्य नियमनकारी निकाय (नेपाल राष्ट्र बैंक) ले बुधबार एक खर्ब रुपैयाँ खिच्ने भएको छ । पछिल्लो समय देखिएको तरलता व्यवस्थापनाका लागि सो रकम उठाउन लागिएको हो।
यता २१ दिन अवधीका लागि राष्ट्र बैंकले सो रकम उठाउन लागेको हो भने साँवा तथा ब्याज बैंकहरुले पुस ३ गते फिर्ता पाउने जनाइएको छ। बैंकहरुले आफ्नो वर्ग अनुसार क, ख र ग वर्गले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न मिल्ने व्यवस्था गरिएको छ।
बोल कबोलका माध्यमबाट व्याजदर निर्धारण गर्दै सबैभन्दा थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तीय संस्थाको निक्षेप राष्ट्र बैंकले स्वीकार गर्ने भएको हो । डिजिटल प्रणालीमार्फत बुधबार दिउँसो २ बजे बोलकबोल प्रक्रिया अघि बढाइने नेपाल राष्ट्र बैंकले जनाएको छ।