
मिथिला लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?



काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।
बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो।
घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाबाट पारित भएपछि सम्बन्धित शेयरधनीमा वितरण हुनेछ।

