
सिटिजन्स बैंकको जेन्जी सेभिंग अकाउण्टसमा लोकप्रियता बढ्दै



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नाग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउने क्रममा नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” संचालनमा ल्याएसँगै त्यसमा लोकप्रियता समेत बढ्न थालेको हो। बैंक स्रोतका अनुसार पछिल्लो समय बजारमा ल्याइएको सो प्रोडक्टमा लोकप्रियता बढेको हो ।
यता, बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमका माझ बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट”को प्रारम्भ गरेसँगै सोही सार्वजनिक गरिएको यस बचत खाताले युवाहरू विशेषगरी विद्यार्थी, फ्रीलान्सर, क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय जनसमुदायलाई उनीहरूको जीवनशैली अनुरूपको वित्तीय आवश्यकताको समाधान प्रदानगर्ने विश्वास बैंकले लिदै आएको थियो।
हाल सोही बचत खाताका विशेषताहरुमा न्यूनतम १०० मा नै खाता सञ्चालन गर्न सकिनुका साथै वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्रदानगरिनेछ भने युवाग्राहकको कारोवारलाई सहज बनाउन चेकबुक, डिम्याट खाता, सि–आश्वा कमिशन तथा सि–आश्वा रेजिष्ट्रेशन जस्ता महत्वपूर्ण सेवाहरू पहिलो वर्ष निःशुल्क उपलब्ध गराइने बताइएको हो ।
त्यस्तै, डिजिटल सेवामा अझै बढी प्रोत्साहन दिन बैंकले एटीएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ गरी चारै सेवा एकैपटक लिएमा मात्र ५०० माउपलब्ध हुने विशेष बन्डल्ड सुविधा समेत राखेको छ, जसले युवाग्राहकलाई न्यून लागतमा सम्पूर्ण डिजिटल सुविधको पहुँच प्रदानगर्ने विश्वास बैंकले लिएको छ ।
ग्राहकहरूले ट्राभल कार्ड इश्यू चार्जमा ५०प्रतिशत छुट र मोबाइल बैंकिङमा समर्पित जेन–जी ड्यासबोर्ड मार्फत व्यक्तिगत डिजिटल अनुभवको आनन्दलिने अवसर पाउँनुहुनेछ । यस बचत खाता प्रयोगकर्ताहरूलाई पहिलो मोबाइल टप–अपमा २५ प्रतिशत नगद फिर्ता प्राप्त हुनेछ ।
“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नैफोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ, फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचतखाता शुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र नम्बर सेवालिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंककाग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेतल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ५४हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यूवाहरुलाई नै लक्षित गरेकाले सो प्रोडक्ट (“सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट)” मा लोकप्रियता बढेको बैंक निकट केही कर्मचारीहरुले सुनाएका हुन् ।

