
नेपाल बैंकका शेयरधनीकाे हात खाली, लाभांश वितरण नगर्ने



काठमाडौं । नेपाल बैंकले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/ ८२ को लागि आफ्ना शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
याेसँगै यस वर्ष नेपाल बैंक शेयरधनीहरूले कुनै लाभांश पाउने छैनन् ।
बैंकले आर्थिक वर्ष २०८१ /८२ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारण सभामा पेश गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने जनाएको छ ।

