
एक महिना बैंकहरुद्धारा ६ अर्ब नाफा हात पार्न सफल



काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा मात्रै वाणिज्य बैंकहरुले ६ अर्ब नाफा हात पार्न सफल भएका छन्। त्यस्तो आँकडा अहिले संचालनमा रहेका २० वटै बैंकहरुले गत कात्तिक महिनामा हात पारेका हुन्।
यता, नियामक निकाय नेपाल राष्ट्र बैंकले पछिल्लो समय उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो भने
कात्तिकमा मात्रै बैंकहरुले ६ अर्ब २ करोड ७४ लाख रुपैयाँ नाफा कमाएका छन् । गत असोज मसान्तसम्म ती बैंकहरुले १३ अर्ब ३४ करोड बढी नाफा कमाएका थिए । तर, कात्तिक मसान्तसम्म आइपुग्दा भने बढेर १९ अर्ब ३७ करोड ५४ लाख बढी नाफा कमाएको देखिन्छ।
त्यसरी नै कात्तिकको मात्रै आँकडा अनुसार नाफामा नबिल बैंकले नै पहिलो सूचीमा छ । एकै महिना नबिल बैंकले ७१ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको देखिन्छ । दोस्रो स्थानमा रहेको ग्लोबल आइएमईले पनि ६५ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ ।
सोही राष्ट्र बैंकको आँकडालाई आधार मान्दा तेस्रो सूचीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ५८ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको अवस्था छ।
साथै, समिक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकले पनि ५३ करोड ५६ लाख, एनएमबिले ३५ करोड ९७ लाख, सिद्धार्थले ३३ करोड ८७ लाख, एभरेष्टले ३३ करोड ४१ लाख, प्राइमले ३२ करोड ७६ लाख, सानिमाले ३२ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको बेलामा लक्ष्मी सनराइजले २९ करोड ५८ लाख, स्ट्याण्डर्ड चार्टर्डले २२ करोड ३६ लाख, नेपाल बैंकले २२ करोड १५ लाख, एनआइसी एशियाले २२ करोड १२ लाख, माछापुच्छ्रेले १९ करोड २० लाख, प्रभूले १७ करोड ९२ लाख, नेपाल एसबिआईले १७ करोड ४ लाख, कुमारीले १२ करोड ३७ लाख, हिमालयनले १२ करोड ४ लाख, कृषि विकासले ६ करोड ९२ लाख र सिटिजन्स बैंकले ३ करोड ८४ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेका हुन् ।

