
सिटिजन्स बैंकको डिजिटल लोन एगेन्स्ट फिक्स डिपोजिट, के-के छन् सुविधा ?



सबैलाई रहर हुन्छ बैंकमा पैसा राखौ भन्ने । कतिपयलाई पैसा राख्ने बित्तीकै फेरी पैसाको खाँचो पर्ने प्रवल सम्भावना रहन्छ । यदि तपाइले आफूसँग रहेको कुनै रकम अहिले आवश्यक छैन भनेर फिक्स डिपोजिट (मुद्धति निक्षेप) मा राख्नु भए पनि अब त्यस्तो रकम समेत निकाल्न मिल्ने भएको हो । तत्काल आवश्यक नपर्ने भनेर राखिएको त्यस्तो डिपोजिटको पैसा तत्काल निकाल्न पाइदैन भन्ने कतिपयलाई लाग्ने गरेको छ । तर, अब भने सिटिजन्स बैंकले त्यसरी फिक्स डिपोजिटमा राखेको रकमको ९० प्रतिशतसम्म लोन दिने योजना ल्याएको छ ।
बैंकहरुले पछिल्लो समय फिक्स डिपोजिटमा समेत विभिन्न सरल र सहज सुविधा आइरहेका छन् । ग्राहकलाई सेवा सुविधा दिनका लागि बैंकहरुले विभिन्न खाले योजनाहरु ल्याउने गरेका छन् । जसले गर्दा ग्राहकको आकर्षण बैंकप्रति बढ्छ भने उनीहरुलाई पनि सहज हुन्छ । यस्तै ग्राहकहरुलाई आकर्षित र अझ सहज सेवा दिनका लागि सिटिजन्स बैंकले डिजिटल लोन एगेस्ड फिक्स्ड डिपोजिट योजना ल्याएको छ ।
यो योजनामा अनलाइनबाट नै खाता खोल्न सकिने सुविधा छ । अनलईनबाट खाता खोल्ने र आफ्नो मुद्दति खातामा रहेको पैसा आफैले ऋण लिन पाइन्छ । ग्राहकहरूलाई सरलीकृत सेवा दिने क्रममा आफ्नो मुद्दती निक्षेपको आधारमा अचानक आइपर्ने आवश्यक रकमको ऋण सहज रूपमा मोबाइल एप प्रयोग गरी प्राप्त गर्न सक्नेछन् । यो योजना अन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा २ लाख रुपैयाँ सम्म ऋण लिन सक्नेछन् । सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन ।
सिटिजन्स बैंकले डिजिटल प्रविधिको उपयोग मार्फत आफ्ना ग्राहकहरूको समय, श्रम र स्रोतको बचत गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निरन्तर रुपमा नयाँ–नयाँ डिजिटल सेवा ल्याउने क्रममा यो सेवा पनि थप गरिएको हो ।
यो योजनामा तपाइले ५ लाख रुपैयाँ राख्नु भएको छ । तपाइले राखेको उक्त फिक्स डिपोजिटको पैसा तत्काल निकाल्न पाउँनु हुँदैन । तर, सिटिजन्स बैंकको यो योजना अनुसार तपाइलाई रकम आवश्यक परेको बेला ४ लाख ५० हजारसम्म निकाल्न मिल्छ । आफूलाई आवश्यक परेको बेला निकालिएको ९० प्रतिशत पैसाको समयम ग्राहकले ब्याज पाइरने बैंकले जनाएको छ ।

यस्तो सुविधा अरु बैंकमा पनि नभएको भने होइन । तर, सिटिजन्स बैंकमा पनि त्यस्तो खातामा पछिल्लो समय राम्रो ग्राहक सहभागीता देखिदै गएको छ । अहिले बैंकबाट व्यक्तीहरुले साढे ३ प्रतिशत हाराहारी व्याजनमा लोन पाएको अवस्था छ । यस्तो बेलामा सिटिजन बैंकको एफडीमा पैसा राखेर लोन निकाल्दा अनलाइन माध्यम प्रयोग गरेमा वार्षिक रुपमा २५ पैसाको दरले रकम समेत बढ्ने स्किमहरु ल्याएको छ ।
यस्ता योजनाले बैंकमा पैसा राख्ने बानिको पनि विकास हुने र सुरक्षित पनि हुने र आफूलाई आवश्यक परेको समयमा फिक्स्ड पिडोजिटको पैसा पनि प्रयोग गर्न पाइने भएको छ । यसले आग्रहको आकर्षण बैंक प्रति बढ्ने विश्वास समेत बैंकको छ ।
देशको विश्वाशिलो र आम ग्राहकको आकर्षण बन्दै गएको यो बैंक हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ तथा ‘बैंक अफ द ईयर २०२५’ को उपाधि प्राप्त गर्न सफल भएको छ । बैंकले केही समय अघि मात्र फोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोन पे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । यसका साथै मोबाइल बैंकिङ एप मार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
फिक्स डिपोजिटमा राखेको पैसा तुरुन्तै निकाल्न मिल्दा सो सुविधाले निकै ग्राहकहरु लाभान्वित हुन पुगेको सिटिजन्स बैंकका हेड डिपोजिट मार्केटिंग पारश बिक्रम थापाले जनाएका छन् ।

