
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
कम्पनीको मङ्सिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा तत्सम्बन्धी अनुसूचीहरू स्वीकृत गरी यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।