
प्राइम बैंकका संस्थापक सीईओ मानन्धरको निधन



काठमाडौं । पाइम कमर्सियल बैंक लिमिटेडका संस्थाक प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण दास मानन्धरको मृत्यु भएको छ । उनको आज ८२ वर्षको उमेरमा मृत्यु भएको हो ।
उनले बैंक स्थापनादेखि १६ वर्षसम्म बैंकको नेतृत्व गरेका थिए । मानन्धर संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको परामर्शदता, राष्ट्रि वाणिज्य बैंकको कार्यकारी सञ्चालक, लम्बिनी विकास बैंक, विश्व बैंकको जलविद्युत विकास कोष एवम नेपाल बंगलादेश बैंकको सीईओ हुँदै प्राइम बैंकको सीईओबाट सेवा तिवृत्त भएका थिए ।


