
महेश बस्नेत चढेको गाडीमा जेनजी समूहद्धारा रातो मसी प्रहार



काठमाडौं । एमाले नेता महेश बस्नेत मोरङस्थित विराटनगरमा चढेको गाडीलाई लक्षित गरी जेनजी समूहले मसी पोखेका छन् । उनीहरुले नेता बस्नेतको गाडीमा रातो मसी छ्यापेका हुन् ।
एमालेले शान्तीपूर्ण रुपमा आफ्ना जनशक्ती प्रदर्शन गर्दै, आफ्ना नयाँ यूथ फोर्स नै गठन गरेको बेलामा उनको गाडीमा नै मसी प्रहार भएको हो ।
पछिल्लो समय जुन सुकै पार्टी समूहको अराजताले जनता आजित हैरान छन् । काम गरेर खानेलाई गरीखान देउ भन्ने स्थिती र शान्ती सुरक्षामा चुनौती थपिएको बेलामा बेला-बेलामा अनेकौ निहुँदा एकपछि अर्को समूह हाबी हुँदै यस्ता अनेकौ क्रियाकलापहरु देशले भोग्न बाध्य छ ।
त्यसरी नेता बस्नेत चढेको सवारीमा ठाडै आक्रमण हुँदा मसी छ्याप्नेलाई प्रहरीले नियन्त्रणमा लिएको अवस्था छ । युवा संघको कोशी प्रदेशस्तरीय भेलामा पुग्न खोजेका बस्नेत माथि समेत यूवाहरुले कतिपय असन्तुष्टी राख्दै आएका छन् ।
मात्रै विरोध माथिको विरोध नै अबको समाधान हो त ? भन्ने विषयमा सबै एक भई मनन गर्नु पर्ने बेला आएको छ ।

