
प्रधानमन्त्री कार्कीविरुद्धको अवहेलनासम्बन्धी मुद्दामा सुनुवाइ हुने



काठमाडौं । वर्तमान प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दाको सुनुवाइ हुने भएको छ । त्यस्तो मुद्धालाई लक्षित गरेर पेसी समेत तोकिएको हो।
त्यस्तै, राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध अदालतले दिएको अन्तरिम आदेश पालना नगरेकोमा उनै कार्कीविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र प्रेम सिलवालले निवेदन बुझाएका थिए । सोही मुद्धामा आइतबार सुनुवाई हुने भएको बेलामा कार्कीको मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँल र न्यायाधीश अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको जनाइएको छ ।

