
पहिलो चौमासिकमा काठमाडौँ महानगरको खर्च १२.९४ प्रतिशत



काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौँ महानगरपालिकाले १२।९४ प्रतिशत खर्च गरेको छ ।
विनियोजित २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपियाँमध्ये ३ अर्ब २५ करोड २२ लाख ८४ हजार ६१ रुपियाँ खर्च भएको हो ।
यसमा चालु तर्फको ९ अर्ब ५६ करोड ३६ लाख २९ हजार रुपियाँ बजेटमा २ अर्ब १३ करोड ३३ लाख १ हजार ६६१ रुपियाँ र पुँजीगत तर्फ १५ अर्ब ५३ करोड ७ लाख १२ हजार रुपैयाँ बजेटमा १ अर्ब ११ करोड ८९ लाख ८२ हजार ४ सय रुपियाँ खर्च भएको आर्थिक प्रशासन महाशाखा प्रमुख श्यामप्रसाद न्यौपानेले जानकारी दिए ।
यस अवधिमा केन्द्रबाट खर्च हुने बजेटबाट १४ प्रतिशत खर्च भएको छ । वडातर्फ सबैभन्दा धेरै १९।४१ प्रतिशत र सबैभन्दा कम ०।३८ प्रतिशत रकम खर्च भएको छ ।
३ वर्षमा महानगरपालिकाले पहिलो चौमासिकमा गरेको खर्चलाई तुलना हेर्दा २०८०र०८१ मा १२।९ प्रतिशत, २०८१र०८२ मा १२।३४ प्रतिशत र यस वर्ष १२।९४ प्रतिशत खर्च भएको देखिन्छ ।
गएको वर्ष विनियोजित २५ अर्ब ८६ लाख ५२ हजार रुपियाँमा ३ अर्ब ८ करोड ८४ लाख २१ हजार ४८४ रुपियाँ अर्थात १२।३४ प्रतिशत खर्च भएको थियो । विनियोजित रकममा चालुतर्फ १ अर्ब ८० करोड ५४ लाख ९९ हजार २९० रुपियाँ र पुँजीगततर्फ १ अर्ब २८ करोड २९ लाख २२ हजार १९३ गरी खर्च थियो । यसमा चालुतर्फ ९ अर्ब ८२ करोड २० लाख ५० हजार ७१८ रुपियाँ र पुँजीगततर्फ १५ अर्ब ६ करोड ५६ लाख १ हजार २८२ रुपियाँ बजेट विनियोजित थियो ।
यसमा केन्द्रबाट १३।३१ प्रतिशत खर्च भएको थियो । सबैभन्दा धेरै खर्च गर्ने वडा वडा नं। १९ ले २०।९३ प्रतिशत र सबैभन्दा कम खर्च गर्ने वडा नं। ११ ले १।१९ प्रतिशत खर्च गरेको थियो ।
आर्थिक वर्ष २०८०र०८१ का लागि विनियोजित २४ अर्ब १८ करोड ७८ लाख ८२ हजार रुपियाँमध्ये २ अर्ब ९२ करोड ५७ लाख ९७ हजार २१३ रुपियाँ अर्थात् १२।०९ प्रतिशत बजेट खर्च भएको थियो । यस वर्ष चालुतर्फ विनियोजित ९ अर्ब ३ करोड ६८ लाख २९ हजार ६०७ रुपियाँमा १ अर्ब ६८ करोड ७ लाख ६९ हजार ५६० रुपियाँ र पुँजीगततर्फ विनियोजित १५ अर्ब १० करोड १० लाख ५२ हजार ३९३ रुपियाँमा १ अर्ब २४ करोड ५० लाख २७ हजार ६५३ रुपियाँ खर्च भएको थियो ।
यस अवधिमा केन्द्रबाट गरिने खर्चको प्रतिशत १२।७८ प्रतिशत थियो । सबैभन्दा धेरै खर्च गर्ने वडा १९ ले २१।२३ प्रतिशत र सबैभन्दा कम खर्च गर्ने वडा वडा नं। ३२ ले १।१४ प्रतिशत खर्च गरेको थियो ।
यस वर्ष वडाहरुतर्फ १० वटा वडाको १० प्रतिशतभन्दा धेरै खर्च गरेका छन् । यसरी खर्च गर्ने वडाहरुमा वडा नं। २ ले १२।८१ प्रतिशत, वडा नं। ७ ले २०।५५ प्रतिशत, वडा नम्बर ८ ले १०।५३ प्रतिशत, वडा नम्बर १० ले १०।८१ प्रतिशत खर्च गरेको महाशाखा प्रमुख न्यौपानेको भनाइ छ । उनका अनुसार वडा नं। १४ ले १५।८६ प्रतिशत, वडा नम्बर १६ ले १९।४१ प्रतिशत, वडा नम्बर १९ ले १६।६९ प्रतिशत, वडा नम्बर २३ को १२।८४, वडा नम्बर २७ को १४।४४ प्रतिशत वडा नम्बर २९ को १०।१४ प्रतिशत खर्च गरेका छन् ।

