
नबिल बैंकको बिक्रमा राख्यो १ लाख २५ हजार कित्ता संस्थापक सेयर



काठमाडौं । बैंक वित्तीय क्षेत्रमा आफ्नो छुट्टै र अब्बल पहिचान स्थापित गर्न सफल नबिल बैंकले १ लाख २५ हजार कित्ता सेयरको बिक्री खुलाएको छ । सोही बैंकले आफ्ना ३ जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको कुल १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा खुलाएको हो।
यता, बैंकका संस्थापक सेयरधनी जीत बहादुर श्रेष्ठको स्वामित्वमा रहेको ५० हजार कित्ता सेयर बिक्रीमा राखको छ । यसैगरी, जिज्ञाशा अर्यालको स्वामित्वमा रहेको ५० हजार र सेयरधनी जश श्रेष्ठको स्वामित्वमा रहेको २५ हजार कित्ता सेयर बिक्रीमा खुलाएको हो।
त्यस्तै, सेयर खरीदका लागि बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै निवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनभित्र काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा आफूले किन्न चाहेको सेयर संख्या र खरीद मूल्य खुलाएर गोप्य शिलबन्दी पेश गर्नु पर्नेछ।
सोही मध्ये जश श्रेष्ठको स्वामित्वको २५ हजार कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०१.१० रुपैयाँ तोकिएको छ भने बाँकी १ लाख कित्ता सेयरको न्यूनतम मूल्य तोकिएको छैन। ३५ दिनभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरीदका लागि निवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको हो ।

